नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

सभापति देउवाद्धारा सबै नेपालीलाई नयाँ वर्षको शुभकामना; राष्ट्रिय चुनौतीको एकजुट भई सामना गर्न तथा विकास र समृद्धिको मार्गमा अग्रसर हुन आग्रह

सानेपा(ललितपुर), १ वैशाख । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

सोमवार उहाँले दिनु भएको नयाँ वर्षको शुभकामना सन्देशमा भनिएको छ, “नयाँ बर्ष २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,शान्ति,समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

उहाँले नेपालको राजनीतिक परिस्थिति र नागरिकहरुको आवश्यकताका बारेमा विष्लेषण गर्दै भन्नुभएको छ, “नेपाली जनताको लामो त्याग,संघर्ष,आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरुको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरुको एकजुट भई सामना गर्ने दृढ संकल्प र अठोटका साथ नवीन अवसरहरुको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको छ । यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक,मुलुकवासी र लोकतन्त्रको पक्षमा आआफ्नो दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक छ ।”

पूर्वप्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति देउवाले आफ्नो सन्देशमा भन्नुभएको छ, “नयाँ वर्ष २०८२ ले हामी नेपालीबीचको एकतालाई अझ बढी मजबूत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक,सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सकोस् भन्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको पुनःहार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top