नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

विभाग प्रमुख पौडेलद्धारा रवि नगार्जीलाई छात्रवृत्ति रकम हस्तान्तरण

सानेपा(ललितपुर), १३ पौष ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क विभागका प्रमुख किरणराज शर्मा पौडेलले अछाम जिल्ला साफेबगर वडा न ८ घर स्थायी बसोबास भई हाल काठमाडौमा अध्ययनरत जेहेन्दार र अनुशासित विद्यार्थी रवि नगार्जीलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको छ ।

राप्ती अञ्चल दाड. घर भई हाल आयरल्याण्डमा कार्यरत नेपाली जनसम्पर्क समिति आयरल्याण्डका सभापति अंकित ओलीले नगार्जीको प्रत्येक महिना पढाई खर्च व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभए अनुरुप त्यसको पहिलो चरणको रकम रु ५००० उपलब्ध गराउनुभएको थियो । विभाग प्रमुख शर्माले सो रकम नगार्जीलाई हस्तान्तरण गर्नुभएको हो ।

छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा विभागका प्रमुख शर्माले विदेशमा रहनुहुने नेपाली कांग्रेसप्रति प्रतिबद्ध साथीहरुले यहाँका प्रतिभाशाली विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याएर तिनको योग्यता र क्षमता विकासमा ठूलो गुन लगाउनुभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले जेहेन्दार, प्रतिभाशाली र क्षमतावान विद्यार्थीहरुलाई उनीहरुको उत्तरोत्तर प्रगतिका लागि सघाउने बताउनु भयो ।

उहाँले छात्रवृत्ति उपलब्ध गराउने जनसम्पर्क आयरल्याण्डका सभापति ओलीप्रति पनि धन्यवाद ज्ञापन गर्नुभयो । सो अवसरमा विभाग प्रमुख शर्माले छात्रवृत्तिबाट पुरस्कुत छात्र रवि नगार्जीलाई पनि बधाई दिंदै छात्रवृत्तिको सहयोगले उहाँको अध्ययन अझ राम्रो हुने विश्वास गर्नुभयो ।

सो अवसरमा छात्रवृत्तिबाट पुरस्कृत छात्र रवि नागर्जीले यो छात्रवृत्तिले आफूलाई थप हौसला र प्रेरणा प्रदान गरेको बताउदै छात्रवृत्ति उपलब्ध गराइदिनुभएकोमा ओलीप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा रहेको नेपाली जनसम्पर्क समिति समन्वय विभागको कार्यकक्षमा सम्पन्न भएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top