नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र पूँजी स्वेदशमा उपयोग गर्न प्रवासी नेपालीलाई पार्टी सभापति देउवाको आग्रह

सानेपा(ललितपुर), १८ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर विदेशमा रहेका नेपालीलाई त्यहाँ आर्जन गरेको ज्ञान,सीप,अनुभव र पुँजीलाई स्वेदशको विकासमा लगाउन आग्रह गर्नुभएको छ ।

उहाँले नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्धारा बिहिवार पार्टी कार्यालय सानेपामा आयोजित प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रमको समुघाटन मन्तव्यमा सो कुरा बताउनुभएको हो ।

“तपाइँहरुले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको आर्थिक, सामाजिक विकास तीव्र गराउनुपर्ने आवश्यकता छ”, पूर्वप्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति देउवाले भन्नुभयो ।

उहाँले देशको तीव्र आर्थिक विकास गर्नको लागि आवश्यक नीतिहरु राष्ट्रिय सहमति गराएरै परिवर्तन गर्ने विश्वास पनि दिलाउनुभयो।

“विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गर्नुपर्छ निर्धक्क भन्नुहोस् । राष्ट्रिय सहमति गराएरै त्यसलाई पारित गराउँछौँ”, उहाँले भन्नुभयो “विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्याहरु समाधान गर्ने प्रवासमा रहेका नेपालीहरूलाई अध्ययन रोजगारी र व्यवसायमा सघाउने राज्यका निकायहरूलाई परिचालन गराउने सदैव क्रियाशील रहनेछु।”

सभापति देउवाले विश्वको जुनसुकै मुलुकमा भएपनि नेपालीप्रति सम्मान आदरभाव प्रकट हुने अवस्था सिर्जना गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रीय सदस्यमा प्रतिनिधित्व गराइएको तर मध्यपूर्व, युरोप र दक्षिणपूर्व एशियाबाट प्रतिनिधित्व गराउने विषयमा पार्टीमा विचार विमर्श भैरहको पनि उहाँले उल्लेख गर्नुभयो ।

“तपाईंहरुलाई पार्टीको गतिविधिमा समान रुपले प्रतिनिधित्व गराउँदै लैजाने अभिप्रायले जनसम्पर्क समितिको गठनलाई उत्तिकै महत्व दिएका छौँ । जति देशमा पार्टी संगठनको निर्माणमा दिएका छौँ। पार्टीको महाधिवेशन, महासमितिमा प्रतिनिधित्वको अलावा, समान नागरिक अधिकार दिने कुरामा पनि प्रयास गरिरहेका छौं”, सभापति देउवाले भन्नुभयो, “विदेशमा रहेका नेपालीहरूको प्रतिनिधित्व अमेरिका र भारतले पाएको छ हाम्रो केन्द्रीय सदस्यको रुपमा तर युरोप छुटेको छ । एसिया पनि छुटेको छ । आउँदो पार्टीको महाधिवेशनमा विधानलाई संशोधन गरेर प्रतिनिधित्व सुनिश्चित गर्छौं ।”

लोकतन्त्रलाई बचाउन विदेशमा रहेका शिक्षित र अनुभवी नेपालीले नेपाली कांग्रेसलाई पवित्र मन–वचन र कर्मले निरन्तर सघाउनुपर्ने उहाँले बताउनुभयो।

कांग्रेस सभापति देउवाले विदेशमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान सक्रिय कार्यकर्ताहरुले स्थापना गरेको जनसम्पर्क समिति नेपाली कांग्रेसको संगठनको अभिन्न अंग रहेको बताउदै उहाँहरुले देखाउनु भएको नेपालको आर्थिक सामाजिक विकासप्रतिको चिन्ता र चासोलाई आफूले सकारात्मक रुपमा लिएको पनि बताउनुभयो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top