नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिद्धारा ‘सभापति कप फुटबल प्रतियोगिता’ आयोजना; पार्टी सभापति देउवाद्धारा विजेता सङ्कटा क्लबलाई पुरस्कार प्रदान

काठमाडौँ, १७ माघ : ए डिभिजन टोलीे सङ्कटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित ९०औँ मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए । त्यसपछि पेनाल्टी सुटआउटमा ३–३ गोलको बराबरी भएपछि अन्तिममा खेल सडन डेथमा गएको थियो । सडन डेथमा सङ्कटाका राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोल रक्षक विकेश कुथुले रोके । लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले भने गोल गरे ।

यस्तै बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके भने कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोल रक्षक दीप कार्कीले रोके । रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो ।

प्रतियोगिताको विजेता टोली सङ्कटाले रु २६ लाख तथा उपविजेता बागमतीले रु १३ लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सङ्कटाका कप्तान दीप कार्की घोषित भए । उनले उपाधिसहित रु ७५ हजार पुरस्कार प्राप्त गरे ।

त्यसैगरी प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि भने बागमतीका सन्दीप कार्कीले पाए । उनले रु २५ हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक बागमतीका विकेश कुथु घोषित भए ।

विजेताहरुलाई नेपाली कांगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार प्रदान गर्नुभयो । नेपाली कांग्रेसको भातृ सङ्गठन लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले आयोजना गरेकोे उक्त प्रतियोगितामा आठ टोली सहभागी भएका थिए ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top