नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छः सभापति देउवा


पाटन (ललितपुर), २५ साउनः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताउनुभयो ।

“लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा होइन, यो समग्र सामाजिक रूपान्तरणको एक महत्वपूर्ण विषय पनि हो, हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सक्छौं भन्ने हाम्रो दृढ विश्वास छ, लैङ्गिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ”, सभापति देउवाले भन्नुभयो ।

सोसल डेमोक्रेसीको सञ्जालसँग विभिन्न देशका सामाजिक लोकतान्त्रिक राजनीतिक दलहरू आवद्ध रहेको उल्लेख गर्नुहुँदै सभापति देउवाले यस सञ्जालले एसियाली क्षेत्रको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो र फराकिलो बनाउँदै आएको बताउनुभयो ।

उहाँले सोसल डेमोक्रेसीले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि एउटा सशक्त प्लेटफर्मको रुपमा काम गर्दै आएको बताउनुभयो ।

त्यस अवसरमा सभापति देउवाले नेपाली कांग्रेसकी नेतृ, नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष स्वर्गीय मंङ्गलादेवी सिंहलाई स्मरण गर्नुभयो । “विसं २००४ मा भएको पहिलो नगर परिषद्को निर्वाचनमा महिलाहरुको मताधिकार हकका लागि उहाँले आन्दोलन गर्नुभएको थियो”, उहाँले भन्नुभयो ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले नेपाली समाजको चेनताको स्तर उच्च रहेको भन्दै लैङ्गिक समानतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले लैङ्गिक समानता महिलाको मात्रै नभै सामाजिक रुपमा पछाडि पारिएका व्यक्ति तथा समुदायहरुको समेतको सरोकारको बिषय रहेको बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले विश्वभरिनै महिलाहरूको अधिकारका विषयमा केन्द्रित भएर महिलामाथि भएको अन्याय, अपमानबाट आन्दोलनको कुरा उठेको चर्चा गर्नुभयो । उहाँले नेपालका महिला, दलित, सुकुम्बासी, थारुलगायतको विषयमा नेपाली कांग्रेस सचेत रहेको उल्लेख गर्नुभयो ।
जनता समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले लोककल्याणकारी राज्य स्थापनाका लागि स्थानीयदेखि केन्द्रीय तहको नेतृत्वसम्म महिलाको सहभागिता अभिबृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले नेपाली समुदाय महिला र कमजोर वर्ग, समुदायप्रति असंवेदनशील हुँदै गइरहेको उल्लेख गर्नुभयो । उहाँले महिला र पुरुषलाई समान रुपले हेर्ने मनस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल महिला सङ्घको अध्यक्ष उषा मिश्र राउतले लैङ्गिक समानताका विषयमा समाजलाई जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस र स्थानीय राजनीतिमा महिलाहरूको सहभागितालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न र महिलाहरूको क्षमता अभिबृद्धि गर्न सातै प्रदेशका स्थानीय तहमा समेत गएर गोष्ठी सञ्चालन गर्ने जानकारी गराइएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top