नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

युरोपभरिका जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरीः डा. प्रकाश शरण महत, प्रवक्ता, नेपाली कांग्रेस

ब्रसेल्स(बेल्जियम), २६ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताउनुभएको छ।

नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिहरुको भेलामा प्रमुख अतिथिकोरुपमा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध साथीहरू सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमा अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

युरोपका विभिन्न जनसम्पर्क समितिहरूलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया)मा जाँदा ठूलो संख्यामा नेपालीहरू रहेकोले ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न अत्यन्त जरुरी भइसकेको बताउनुभयो।

जहाँ पहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीहरूको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रवक्ता डा. महतले डेनमार्कमा देखिएको समस्या समाधान भईसकेकोले संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार र सुदृढीकरण गर्ने दिशामा जानुपर्नेमा जोड दिनुभयो।

नेपालको राजनीति र डायस्पोराको प्रभावः

पार्टी प्रवक्ता डा. महतले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको आन्तरिक राजनीतिमा पनि डायस्पोराको प्रभावलाई हेर्नुपर्ने अवस्था आएको बताउनुभयो । पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात गरिरहेको उहाँको भनाइ थियो।

विदेशमा बस्ने नेपालीहरूको नेपालसँग प्रत्यक्ष सम्बन्ध, परिवार, नातागोता र प्रभाव भएकाले उनीहरूको चासो र चिन्तालाई सम्बोधन नगरे निर्वाचनमा त्यसको प्रभाव पर्नसक्ने उहाँले बताउनुभयो।

सामाजिक सञ्जालको प्रभाव र विदेशमा बस्ने नेपालीहरूको निर्णयले नेपालमा बस्ने परिवारका सदस्यहरूको मतलाई प्रभावित गर्ने हुँदा पार्टीले विदेशमा बस्ने नेपालीहरूलाई विशेष रूपमा हेर्न जरुरी रहेको डा. महतले उल्लेख गर्नुभयो।

डा. महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको पनि बताउनुभयो। गैरआवासीय नेपाली नागरिकताः संविधान सभाको दुवै कार्यकालमा आफू मस्यौदा समितिको सदस्य हुँदा राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार गैरआवासीय नेपालीहरूलाई दिन अरु पार्टीका सांसदहरुलाई सहमतिमा ल्याउन धेरै कठिन भएको तर नेपाली कांग्रेसले नै त्यसको नेतृत्व गरेको उहाँले स्मरण गर्नुभयो। उहाँले कानुन बन्न ढिलाइ भएको स्वीकार गर्दै, कानुन बनेपछि राजनीतिक अधिकार बाहेकका सम्पूर्ण अधिकार सुरक्षित हुने बताउनुभयो।

पार्टी प्रवक्ता डा. महतले व्यक्तिगत रुपमा आफू दोहोरो नागरिकताको पक्षमा रहेको र यसबाट नेपाललाई घाटा नहुने विश्वास व्यक्त गर्नुभयो। यसले नेपालीहरूलाई नेपालसँग जोडिरहने थप आधार दिने उहाँको तर्क थियो। यद्यपि, यसका लागि देश भित्रका विभिन्न सरोकारवालालाई बुझाउन समय लाग्ने तर ढिलो चाँडो यो कार्यान्वयन हुनेमा उहाँ विश्वस्त देखिनुभयो।

नेपाली कांग्रेसले नागरिक अधिकार, विधिको शासन, र जनताको अनुमति बिना सत्तामा जान नपाउने जस्ता नीतिहरू स्थापित गरेको उहाँले उल्लेख गर्नुभयो। आर्थिक रुपान्तरण र लगानीको नेतृत्व पनि कांग्रेसले नै गरेको यथार्थ पनि उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालको प्रयोगले झुटो कुरा स्थापित भइरहेको र नयाँ पुस्तामा नकारात्मकता फैलिरहेको सन्दर्भमा सामाजिक सञ्जालमा सक्रिय नेपाली कांग्रेसका सदस्यहरूलाई सामूहिक रूपमा पार्टीका सकारात्मक कुराहरू राख्न डा.महतले अनुरोध गर्नुभयो।

नेतृत्वमा सबै कुरा केन्द्रित गर्ने कमजोरी स्वीकार गर्दै सम्बन्धित विभागले आफ्नो काम गर्नुपर्नेमा जोड दिदै महतले संगठनको कमजोरी र व्यक्तिवादी प्रवृत्ति हटाउन जरुरी रहेको बताउनुभयो। उहाँले जनसम्पर्क समितिका नेतृत्वमा रहेका साथीहरूलाई गर्वका साथ पार्टीका कुराहरू राख्न र डिफेन्सिव नहुन अनुरोध गर्नुभएको छ।

सो अवसरमा नेपालमा ठूलो सम्भावना रहेको र विकासका धेरै अवसरहरू रहेको उहाँले बताउनुभयो। आईटी क्षेत्र, आधुनिक प्रविधियुक्त कृषि र पर्यटनमा लगानीको सम्भावना रहेको उहाँले औल्याउनुभयो।

गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र नेपालसँग जोडिरहन अनुरोध गर्दैै कांग्रेस प्रवक्ता डा. महतले नयाँ पुस्तालाई नेपालबारे शिक्षित गराउनु पर्नेमा जोड दिनुभयो ।

सरकारमा जानु पार्टीको उद्देश्य हुने तर मिश्रित निर्वाचन प्रणालीका कारण एउटै पार्टीको बहुमत आउने सम्भावना कम हुने भएकाले गठबन्धन आवश्यक भएको उहाँको तर्क थियो। २०७४ को निर्वाचनमा एक्लै लड्दाको अनुभवले गठबन्धनको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले गठबन्धन गर्ने निर्णय पार्टीमा सबैको सहमतिमा भएको र यसमा कसैलाई दोष दिने कुरा नरहेको स्पष्ट पार्नुभयो।

एनआरएनए अन्तर्राष्ट्रिय रुपमा आफूलाई चिनाउने थलो बन्न थालेको र अनावश्यक विभाजन आएको बताउदै उहाँले सर्वोच्च अदालतको आदेश अनुसार अघि बढ्नुपर्ने र यसलाई पालना गर्नुपर्नेमा जोड दिनुभयोा। जनसम्पर्क समितिका सदस्यहरू एनआरएनएमा जाँदा सबैको साझा भएर काम गर्नुपर्ने तर प्रतिनिधित्व कांग्रेसको तर्फबाट आएकोले आफ्नो काम गर्ने शैलीमा ओरिएन्टेसनमा फरक देखिनुपर्ने पनि उहाँले उल्ल्ेख गर्नुभयो ।

सो अवसरमा पार्टी प्रवक्ता डा.महतले नयाँ पुस्तालाई नेपालसँग र पार्टीसँग जोड्न युवा कमिटीहरू बनाएर अभियान चलाउनु पर्ने आवश्यकता औल्याउनुभयो अधिवेशनहरू समयमै सम्पन्न गरेर संगठनमा गतिशीलता ल्याउन र नयाँ नेतृत्वलाई अवसर दिन पनि उहाँले सबैमा आग्रह गर्नुभयो । डा.महतले आफूले व्यक्त गरेका कुराहरू व्यक्तिगत वा गुटगत नभई पार्टीलाई मजबुत बनाउने र पार्टीका समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको बताउनु भएको थियो।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top