नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पूर्वआप्रवासी समन्वय विभागद्धारा आयोजित लुम्बिनी प्रदेश स्तरीय सम्मेलन सम्पन्न


बुटवल(रुपन्देही), १३ माघ । नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्धारा आयोजित लुम्बिनी प्रदेशस्तरीय दुई दिवसीय सम्मेलन सम्पन्न भएको छ ।

रोजगारीको सिलसिलामा विदेश गएर त्यहाँको ज्ञान,प्रविधि र सीप सिकेर स्वदेश फर्केका कर्मयोगी नेपालीहरुलाई संगठित गरी उनीहरुको सीप अनुसारको व्यवसाय सिर्जना र विस्तारमा सघाउने उद्देश्यले गठन भएको विभागले विदेशबाट फर्केका नेपालीहरुले सामना गर्नुपरेका समस्या र तिनको समाधान खोज्ने अभिप्रायले यो सम्मेलन आयोजना गरेको थियो ।

माघ १२ र १३ गते बुटबलमा आयोजित सम्मेलनको समुद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले गर्नुभएको थियो । सम्मेलनमा लुम्बिनी प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विभाग प्रमुख दिनेश कोइरालाले भेलाबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउनुभएको छ ।

सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्रीद्धय बालकृष्ण खाँण र डा.मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोबिन्द पोखरेल, लुम्बिनी प्रेदेश पाटी सभापति अमर सिंह पुन , लुम्बिनी प्रेदेश पाटी महामन्त्री बिक्रम खनाल, लुम्बिनी प्रेदेश पाटी सहमहामन्त्री निमा गिरी , रुपन्देही पाटी सभापति रामकृष्ण खाँण लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top