काठमाडौँ, १० पुस: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई इसाई धर्मावलम्वीले धार्मिक–सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । यस अवसरमा उहाँले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधताबीच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन्”, सभापति देउवाले भन्नुभयो ।
‘क्रिसमस डे’ का अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उहाँले शुभ–कामना व्यक्त गर्नुभएको हो ।
—
पार्टी सभापति देउवाद्धारा ‘क्रिसमस डे’ मा इसाई धर्मावलम्वीलाई शुभकामना
- Janasamparka
Share this to your Socials.
Facebook
X
LinkedIn
Most Recent Updates
- All Posts
- Uncategorized
- कार्यक्रम
- जनसम्पर्क समिति
- समाचार
- Back
- बहराइन
- बेल्जियम
- क्यानडा
- चीन
- साइप्रस
- डेनमार्क
- फिनल्याण्ड
- फ्रान्स
- जर्मनी
- हङकङ
- भारत
- इजरायल
- इटाली
- जापान
- कुवेत
- लक्जेम्बर्ग
- मकाउ
- मलेसिया
- नेदरल्याण्ड्स
- न्युजिल्याण्ड
- नर्वे
- ओमान
- पोल्याण्ड
- पोर्चुगल
- कतार
- दक्षिण कोरिया
- साउदी अरेबिया
- स्वीडेन
- स्वीट्जरल्यान्ड
- संयुक्त अरब इमिरेट्स
- बेलायत
- स्पेन
- अष्ट्रेलिया
- आयरल्याण्ड
- संयुक्त राज्य अमेरिका




