सानेपा(ललितपुर), २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालबालिका तथा किशोरकिशोरी समन्वय विभाग र द्धन्द्ध व्यवस्थापन तथा मेलमिलाप समन्वय विभागमा १० /१० जना सदस्यहरू मनोनीत गर्नुभएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य डा जीवन राना प्रमुख रहनुभएको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा १० जना सदस्य मनोनीत गर्नुभएको हो ।
मनोनित हुनेहरुमा लक्ष्मी ठाकुर, योगमाया गिरी, निर्मल घिसिङ, चन्द्र गुरुङ, खलिल खाँ, रूपा विक, सुशिला बम, यादवकृष्ण चौधरी, हरि अधिकारी र भागिरथि विष्ट रहनुभएको छ।

द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा पनि सदस्यहरू मनोनयन
यसैगरी सभापति देउवाले पार्टीको द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा पनि १० जना सदस्यहरू मनोनीत गर्नुभएको छ ।
सभापति देउवाले केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहनुभएको द्धन्द्ध व्यवस्थापन तथा मेलमिलाप समन्वय समितिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्यहरूलाई मनोनयन गर्नुभएको हो ।
सभापति देउवाले यो विभागमा गणेश चन्द,सल्यान; मधुसूदन पाण्डेय, काठमाडौँ ; हेमलाल पुन, गुल्मी धर्मराज न्यौपाने, अछाम; सिर्जना सिंह श्रेष्ठ, काठमाडौँ; रेखा प्रसाईँ, सुनसरी ; जुमराती नदाफ, धनुषा लक्ष्मी परियार, तनहुँ; रेणु चौधरी, कैलाली र अनिता अर्याल, चितवनलाई मनोनीत गर्नुभएको हो ।





