नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टी सभापति देउवाद्धारा गुणस्तरीय शैक्षिक महाअभियानको उद्घाटन; सामुदायिक शिक्षाको गुणस्तर वृद्धि र विस्तार आवश्यक भएको धारणा व्यक्त


काठमाडौँ, ३२ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि र विस्तार आवश्यक रहेकामा जोड दिनुभएको छ ।

नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक शिक्षा गुणस्तर वृद्धिका लागि भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

सभापति देउवाले वैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न सकेमा ज्ञान र सीपका साथै रोजगारीमा पनि सहज हुने बताउनुभयो । शिक्षाको पहुँच देशका कुना कन्दरामा पुर्याउनुपर्नेमा जोड दिँदै उहाँले सामुदायिक शिक्षाको सिकाइले मुलुककोे शिक्षा क्षेत्रको विकासमा योगदान दिएको उल्लेख गर्नुभयो ।

“मुलुकको समग्र शिक्षा क्षेत्रको विकासमा सामुदायिक शिक्षा सिकाइले महत्त्वपूर्ण भूमिका खेलेको छ । अब सामुदायिक शिक्षा सुधारमा जोड दिनुपर्ने आवश्यकता छ”, सभापति देउवाले भन्नुभयो,“सामुदायिक विद्यालयले सेवामुखी भई मुलुकको शिक्षा विकासमा योगदान दिएको छ । त्यसमा क्रियाशील शिक्षक तथा कर्मचारीको मेहनत र पसिना सिञ्चित छ । यसलाई पनि ध्यानमा राखेर प्रोत्साहन गर्नुपर्छ ।”

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top