नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टी सभापति देउवाद्धारा सुदूरपश्चिममा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन ; पार्टी अझ सशक्त हुने विश्वास व्यक्त


सुदूरपश्चिम, २७ फागुनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी सङ्गठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढाएर जनताका सुखदुखमा साथ दिँदै सङ्गठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “चुनाव आउन धेरै समय बाँकी रहेपनि आपसी मतभेद एवं असमझदारी हटाएर पार्टीलाई एकजुट बनाउन सकेमा जितको लहर आउनेछ ।”

पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले प्रशिक्षक प्रशिक्षणपछि पार्टीको नीति, सिद्धान्तका साथै सङ्घीयता र विकासलगायतका विषयलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले हालसम्म पार्टीले चार प्रदेशमा प्रशिक्षण सम्पन्न गरिसकेको जानकारी दिनुभयो । प्रशिक्षण दुई दिनसम्म चल्ने जनाइएको छ ।

गोदामघर हस्तान्तरण
यसैबीच विश्व खाद्य कार्यक्रम (डब्लुएफपि) अन्तर्गत धनगढी उपमहानगरपालिका–१३ मा निर्मित प्रादेशिक आपत्कालीन गोदाम घर आज सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

गृहमन्त्री रमेश लेखकले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आज उक्त गोदाम घर हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा गृहमन्त्री लेखकले जुनसुकै बेला हुनसक्ने जोखिमको विपद् व्यवस्थापन गर्ने पहिलो निकाय स्थानीय सरकार रहेकाले यस्ता गोदाम घर स्थानीय सरकारसँग पनि हुन जरुरी रहेको बताउनुभयो । उक्त गोदाम घर अबदेखि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत सञ्चालन एवं व्यवस्थापन हुने भएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top