सानेपा(ललितपुर), १६ पौष। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागको सदस्यमा थप १० सदस्य मनोनीत गर्नुभएको छ ।
पार्टी सभापति ं देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जनालाई सदस्यमा मनोनीत गर्नुभएको हो ।
सभापति देउवाले पार्टीको उद्योग तथा ब्यापार विभागको प्रमुखमा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई पहिले नै मनोनीत गरिसक्नु भएको थियो ।
हाल मनोनीत हुनुभएका सदस्यहरूमा खगेश्वर बोहरा (कञ्चनपुर),मीनबहादुर भण्डारी, (जुम्ला),ध्रुव खड्का(काठमाडौं),जमसेर अलि मियाँ(कपिलवस्तु),सिताराम परियार,(काभ्रेपलाञ्चोक),शम्भुहरि बाँस्तोला(सोलुखुम्बु),संजिव घिमिरे(झापा)जुनु गुरुङ (लम्जुङ),विजयकुमार सिंह(रौतहट) र राजीव श्रेष्ठ(काठमाडौं) हुनुहुन्छ ।





