नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टीलाई एकढिक्का बनाउने गरी काम गर्न सभापति देउवाद्धारा कार्यकर्तालाई निर्देशन

गण्डकी, २२ माघः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको मंगलवार उद्घाटन गर्दै उहाँले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उहाँले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सहकार्य भएको स्पष्ट गर्नुभयो । नेकपा एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको कथन थियो ।

आफू र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जेलमा बसेको साथी भएको उल्लेख गर्दै उहाँले भन्नुुभयो, “वास्तवमा भन्ने हो भने ओलीजी र मसँगै जेलमा बसेको साथी हौँ । धेरै कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्ड देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने अवस्था छैन ।”

मुलुकको विकासका प्रचुर रहेका भन्दै उहाँले यसको समग्र उन्नयनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभयो ।

उहाँले नेता तथा कार्यकर्तामा निराशा नभई आशाको सञ्चार गर्दै एउटा सशक्त पार्टीका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो। बिपी चिन्तनलाई समयसापेक्ष बुझ्न र यसको व्यावहारिक प्रयोग आवश्यक रहेकोे उहाँको भनाइ थियो ।


बुधबार समापन हुने कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा पार्टीका जिल्ला सभापति, उपसभापति, प्रदेश सभापतिसहित करिब दुई सय जना सहभागी हुनुहुन्छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top