नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : पार्टी सभापति देउवा


सानेपा (ललितपुर), ५ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा पुस्तकालय स्थापना र सहयोगी दाताहरुलाई सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिस्पर्धी पार्टीहरुको भन्दा नेपाली कांग्रेसको सिद्धान्त राम्रो भएको उल्लेख गर्दै आमजनमानसमा बुझाउन पुस्तकालयको महत्त्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।

“मैले त तल्लो तलामै राखौँ भनेको हो, माथि राख्नुभयो, तर पनि राम्रो छ, धेरै बहुमूल्य किताब छन्, उसै त कांग्रेसीहरु पढ्दैपढ्दैनन् भन्ने छ, यहाँबाट साथीहरूले आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श राम्रो छ भन्ने थाहा पाउँछन्, व्यापक बुझाउनु छ, मिडियालगायतका सम्पूर्ण साथीहरूमा बुझाउन सकियो भने सबैभन्दा पुरानो पार्टीले बहुमत ल्याउन सक्छ, सिद्धान्त र आदर्श धेरै महत्त्वपूर्ण र राम्रो छ,” उहाँले भन्नुभयो ।

सभापति देउवाले पुस्तकालय सञ्चालन र व्यवस्थापनले पार्टीलाई ऊर्जा मिल्ने धारणा राख्नुभयो । उपसभापति धनराज गुरुङले अध्ययनले ज्ञानको अभिवृद्धि हुने भएकाले अध्ययन बिना द्वन्द्व, झगडा र विनाशको शृङ्खला बढ्ने बताउनुभयो । उहाँले अध्ययनको कमीले गर्दा नेपाली राजनीतिमा ज्ञानको शृङ्खला घट्दै गएको र कांग्रेसले पुस्तकालय निर्माण गरेर यसलाई चिर्ने प्रयास गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय पार्टी विभागको काम गर्ने तरिका बदलिएको बताउनुभयो । पार्टीका विभाग सक्रिय भएका छन्, पार्टीको केन्द्रीय कार्यालय परिसर ज्ञानको मन्थनको केन्द्र हुनुपर्छ, ज्ञानको उत्पादनलाई परिणामसँग कसरी जोड्ने भनेर ध्यान दिएका छौँ, पुस्तकमाथि छलफल गर्ने हामीमाथिको प्रश्न र चुनौतीलाई चिर्न सक्नुपर्नेछ, पुराना कुरा इतिहासको संरक्षण गर्दै नयाँ समाजका नयाँ कुरालाई सिक्न र ग्रहण गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो ।

उहाँले आकर्षक पुस्तकालय निर्माण गर्न रु ६० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउने व्यक्ति सम्पर्कमा नआएकाले यसका बाबजुद पनि रु एक करोडको कोष जम्मा भएको बताउनुभयो । उहाँले पार्टीको स्रोत र साहित्य सिर्जनाका कुराहरुमा काम गर्ने समेत विभागको काम रहेको भएकाले पार्टीमा योगदान गर्नेहरूको ग्रन्थ समेत प्रकाशन गर्ने सोच रहेको बताउनुभयो ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले पुस्तकालयलाई व्यवस्थित बनाउँदै पार्टीको विचार, आस्था र सिद्धान्तलाई परिस्कृत बनाउँदै नेपालको विभिन्न आन्दोलनमा नेपाली कांग्रेसले पु¥याएको योगदान हरेक नेपालीसम्म पु¥याउँदै सकारात्मक सन्देश दिन ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्वेले नेपाली कांग्रेसले सबैलाई आफ्नो विचारमा सशक्त बनाउन पुस्तकालय तथा स्रोत केन्द्रमार्फत प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो ।

पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठले प्रबुद्ध व्यक्तिहरुलाई पार्टी कार्यालयमा बोलाएर बहसको शृङ्खला चलाएर गतिशील बनाइरहेको बताउँदै संस्थागत कोष अभिवृद्धिमा जोड दिनुभयो । उहाँले पार्टी कार्यालयलाई बहसको थलो बनाएर राम्रो र सकारात्मक कुराहरुको प्रवर्द्धन गर्न आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयोे ।

पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख एवं केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले २०८१ साल साउन २२ गते विभाग गठन भई काम अगाडि बढेको बताउँदै नेपाली कांग्रेस मतदाता र शुभेच्छुकको बलमा सञ्चालन भएको बताउनुभयो ।

कार्यक्रममा सभापति देउवाले ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले प्रकाशन गर्नुभएको पुस्तक विमोचन गर्नुभएको थियो । उहाँले पुस्तकालय सञ्चालनमा योगदान पु¥याउने प्रताप पौडेल, युवराज पाण्डे, शङ्कर तिवारी, मनोजमणि आचार्य, रागभ आचार्य, दिलबहादुर महर्जनलगायतलाई सम्मान गर्नुभएको थियोे ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top