नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलसहितका प्रतिनिधिद्धारा वनमन्त्री शाहीसंग भेट ; वन सम्पदाको संरक्षण र सदुपयोग बारे छलफल


काठमाडौं, ७ आषाढ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरणराज शर्मा पौडेलसहितको प्रतिनिधि मण्डलले आज वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाहीसंग भेट गरेको छ।

भेटका अवसरमा विभाग प्रमुख पौडेलले वन तथा वातावरण मन्त्रीको नेतृत्वमा कृषि मन्त्रालय र भूमि व्यवस्थापन मन्त्रालयको प्रतिनिधित्व रहने गरी राष्ट्रिय स्तरको उच्चस्तरीय निर्देशक समिति गठन गरी नेपालका सबै वन क्षेत्रले ढाकेको भूमिलाई कृषि र वनस्पतिजन्य उत्पादनसंग जोड्ने नीति र निर्देशिका तर्जुमा गर्न उपयुक्त हुने सुझाव दिनुभएको थियो । उहाँले हिमालदेखि पहाड़ र तराईसम्म बढी उत्पादन दिने र उच्च मूल्यका फलफूल, औषधीय वनस्पतिका साथै राम्रो काठ दिने प्रजातिका रुखहरूको रोपण उपयोगी हुने सुझाव पनि दिनुभयो । विभाग प्रमुख पौडेलले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई व्यावसायिकतामा रूपान्तरण गर्न व्यक्तिगत जग्गासहित वन क्षेत्रभित्रको जग्गाको उत्तम उपयोगको लागि प्रभावकारी नीति र निर्देशिका तयार गर्न अनुरोध गर्नुभयो।

भेटका अवसरमा सहकारी, निजी कम्पनी वा किसानहरुलाई व्यक्तिगत रुपमा व्यावसायिक खेतीको लागि निजी र सार्वजनिक जग्गाको उपयोगको व्यवस्था गर्न उचित नीतिहरू तर्जुमा गर्न पनि सुझाव दिइएको थियो। उहाँले लगानी मैत्री नीतिहरू तयार गरेमा कृषिमा समेत गैरआवासीय नेपाली र विदेशीहरूको लगानी आकर्षित गर्न सकिने संभावना पनि औल्याउनुभएको थियो ।

भेटका अवसरमा वन तथा वातावरण मन्त्री शाहीले आफ्नो मन्त्रालयले कृषि र भूमि व्यवस्थापन मन्त्रालयसंग समन्वय गरेर वन क्षेत्रको जग्गाको अधिकतम् उपयोग गरी कृषिजन्य उत्पादन वृद्धि गराउन र बिदेशमा बस्ने नेपालीहरूलाई सहज र सरल प्रक्रियाबाट लगानी गर्न सकिने वातावरण सृजना गर्ने विश्वास दिलाउनु भयो।

मन्त्री शाहीसंगको भेटघाटमा जनसम्पर्क समिति सउदीअरबका सभापति अर्जुन थापा, कृषि विज्ञ रामजी भट्टराई र इञ्जिनियर शंकर लामिछानेको उपस्थिति रहेको थियो।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top