नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभागद्धारा मध्यपूर्वको स्थितिबारे सजग रहन सूचना जारी

सानेपा(ललितपुर), ६ आषाढ । नेपाली जनसम्पर्क समिति समन्वय विभागले इजरायल र इरान युद्धबाट सो क्षेत्रमा कार्यरत नेपालीहरुलाई सुरक्षित राख्न तथा मध्यपूर्वका विभिन्न देश भएर यात्रा गर्ने नेपालीहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन आवश्यक सहयोग गर्नका लागि जनसम्पर्क समितिहरुलाई सूचना जारी गरेको छ ।


विभागका प्रमुख किरणराज शर्मा पौडेलले जारी गर्नुभएको सूचनामा मध्यपूर्वका देशहरु खास गरी इजरायल र इरानबीचको तनाव युद्धमा परिणत हुँदै गइरहेको स्थितिलाई नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नियालिरहेको जानकारी गराइएको छ । उहाँले स्थिति खराब बन्नु अगावै इरान र इजरायलमा रहेका नेपाली नागरिकहरुलाई उद्धार गर्नका लागि नेपाल सरकारले तयारी सुरु गरेको उल्लेख गर्दै इजरायलमा रहेका र घर फर्कन इच्छुक नेपालीको विवरण (https://mofa.gov.np/content/1575/details-for-purpose-to-rescue-nepalis-in/) तेलअभिभस्थित नेपाली राजदूतावासले संकलन गरिरहेको र इरानबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकहरुका लागि कतारस्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको जानकारी परराष्ट्र मन्त्रालयबाट प्राप्त भएको जानकारी दिनुभएको छ ।

विभाग प्रमुख पौडेलले जारी गर्नुभएको सूचनामा भनिएको छ, “विदेशमा रहनुभएका र त्यहाँको वास्तविक अवस्थाबारे जानकारी नपाउनुभएका, आत्तिनुभएका साथीहरुलाईउचित परामर्श दिई नेपाल फर्कन चाहने साथीहरुलाई त्यहाँको राजदूतावास वा नजिकको राजदूतावासमा सम्पर्क गराउन परराष्ट्र मन्त्रालयले सुरु गरेको विवरण संकलन कार्यमा सहभागी हुन वा गराउन जनसम्पर्कका सबै सदस्य र गैरसदस्यहरुलाई पनि सूचित गरी सहयोग गर्नुहुन अनुरोध गर्दछु । साथै विविध परिस्थितिले स्वदेश फर्कन नमिल्ने अवस्थामा संबन्धित राष्ट्रको सुरक्षा नियम(प्रोटोकल) पालना गरी सुरक्षित रुपमा बस्ने वातावरण बनाउनुहुन संबन्धित सबैमा अनुरोध गर्दछु ।”

उहाँले नेपाल सरकारले मध्यपूर्व भ्रमणको बारेमा ट्राभल एड्भाइजरी (https://mofa.gov.np/content/1576/travel-information–travel-advisory-/) जारी गरेको उल्लेख गर्दै सो क्षेत्रमा वा सो क्षेत्र भएर अन्य राष्ट्रमा भ्रमण गर्नुृ पहिले सो एड्भाइजरी हेर्नुहुन पनि सबैमा अनुरोध गर्नुभएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top