नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभागद्धारा नवनिर्वाचित गैरआवासीय नेपाली संघका पदाधिकारीको सम्मानमा कार्यक्रम


काठमाडौं, २३ वैशाख । नेपाली जनसम्पर्क समिति समन्वय विभागले हालै सम्पन्न गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

विभागद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गदैै खादा लगाएर सम्मानित गर्नुभएको थियो ।

सो अवसरमा विभाग प्रमुख पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठलाई मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा संक्षिप्त मन्तव्य दिंदै विभागका प्रमुख किरणराज शर्मा पौडेलले विदेशमा रहेका सबै नेपालीलाई समेटेर नेपालको भाषा,संस्कृतिलाई विदेशमा फैलाउन र विदेशमा सिकेका सीप,ज्ञान,अनुभव र आर्जन गरेको पुँजीलाई नेपालको आर्थिक सामाजिक विकासमा लगानी गर्न नवनिर्वाचित कार्यसमितिलाई सफलता मिलोस् भन्ने शुभकामना दिनुभएको थियो ।

उहाँले विश्वभर छरिएर रहेका नेपाली कांग्रेसप्रति आस्थावान साथीहरुलाई समेटेर गठन गरिएका सम्पूर्ण जनसम्पर्क समितिहरु संबन्धित देशका गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई सफल बनाउन जनसम्पर्क समिति समन्वय विभाग गैरआवासीय नेपाली संघको साथमा रहेको पनि बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई समेटेर यसलाई नेपालको आर्थिक विकासमा योगदान गर्नसक्ने प्रतिष्ठित संस्थाको रुपमा विकास गर्न योजनाबद्ध ढंगले काम गरिने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा जनसम्पर्क समितिसंग निकट सम्बन्ध राखेर काम गरिने पनि वचन दिनुभयो ।

कार्यक्रम पश्चात् गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको सम्मानमा दिवाभोजको आयोजना पनि गरिएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहित पदाधिकारीहरु, अभियान्ताहरु, विभिन्न देशका नेपाली जनसम्पर्क समितिका अध्यक्ष र पदाधिकारीहरुका साथै नेपाली जनसम्पर्क समिति समन्वय विभागका अध्यक्षसहित सदस्यहरुको उपस्थिति रहेको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top