नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

आज पार्टी कार्यालयमा नेपाली जनसम्पर्क समिति समन्वय विभागको आयोजनामा “प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका” विषयक अन्तरक्रियात्मक कार्यक्रम हुँदै


काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागको आयोजनामा आज वैशाख १८ गते तद्अनुसार १ मे २०२५ का दिन “प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका” विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ ।


विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता किरणराज शर्मा पौडेलले बताउनुभए अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, बीपीनगर, सानेपा ललितपुरमा आयोजना हुने सो कार्यक्रम बिहान १०ः३० बजे आरम्भ हुने छ । कार्यक्रमको उद्घाटन सत्रको प्रमुख आतिथ्यता नेपाली कांग्रेसका श्रद्धेय सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने छ । उहाँले नै कार्यक्रमको समुद्घाटन गर्नुहुने छ । ।


कार्यक्रम दुई सत्रमा विभाजन गरिएको छ । उद्घाटन सत्रमा नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरु विशिष्ठ अतिथि रहनु हुनेछ । उद्घाटन सत्रमा नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुड.ले शुभकामना मन्तव्य दिनुहुने कार्यक्रम छ । पार्टी सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि देउवाले समुद्घाटन सम्बोधन गर्ने कार्यक्रम छ ।


कार्यक्रमको दोस्रो सत्रमा कार्यपत्र प्रस्तुति र छलफल गरी कार्यक्रमको समापन गरिने छ । यो शत्रको प्रमुख आतिथ्यता पार्टीका उपसभापति एवम् केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले गर्नुहुने छ । यस सत्रमा परराष्ट्रविद् डा.उद्धव प्याकुरेलले “प्रवासमा बस्ने नेपाली, परराष्ट्र मन्त्रालयको सेवा र जनसम्पर्क समितिहरुको भूमिका” शीर्षकमा, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले “प्रवासका नेपालीको श्रम, रोजगार, सामाजिक सुरक्षाको अवस्था र जनसम्पर्क समितिहरुको भूमिका” शीर्षकमा अनि गृहमन्त्रालयका पूर्वसहसचिव फणिन्द्रमणि पोखरेलले “एनआरएन नागरिकता” सम्बन्धी शीर्षकमा खँदिला कार्यपत्रहरु प्रस्तुत गर्नुहुने भएको छ । कार्यपत्रमाथि संबन्धित क्षेत्रका बुद्धिजीवि, प्रवासमा रहनुभएका जनसम्पर्क समितिका सभापति र पदाधिकारीका साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु र पार्टीको विभिन्न विभाग तथा भातृ तथा शुभेच्छुक संस्थाका नेतृत्व र पदाधिकारी तथा सदस्यहरुले टिप्पणीसहित छलफल गर्नुहुने छ । सहभागी टिप्पणीकर्ताहरुले उठाएका विषयहरु वा जिज्ञासाहरुलाई स्रोत व्यक्तिहरुले जवाफ दिनुहुने भएको छ । यस सत्रमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा ,गृह मन्त्री रमेश लेखक र पार्टी प्रवक्ता डा. प्रकाश शरण महत विशिष्ट अतिथिको रुपमा रहनुहुने भएको छ । उहाँहरुले कार्यपत्र प्रस्तोता र सहभागीहरुले उठाउनुभएका जिज्ञासाका वारेमा जवाफ दिनुका अतिरिक्त समापन सत्रलाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।


दुवै सत्रको सभापतित्व विभागका प्रमुख एवम् केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले गर्नुहुने भएको छ ।


प्रवासमा रहने नेपालीहरुका समस्या समाधानमा केन्द्रित हुने यो अन्तरक्रियात्मक कार्यक्रम फेसबुक लाईभ हुनुको साथै सहभागीहरुलाई जुमबाट सहभागिता जनाई स्रोत व्यक्ति तथा विभागीय मन्त्रीहरुलाई प्रश्न सोध्ने अवसर पनि उपलब्ध गराइने भएको छ । विदेशमा रहनुभएका वा नेपालमै रहेर पनि कार्यक्रममा भौतिक उपस्थिति जनाउन नसक्नुहुनेहरुले जुममार्फत यस कार्यक्रममा सहभागिता जनाउन सक्नुहुने भएको छ । कार्यक्रमको जुम आईडी र पासवर्ड यस्तो रहेको छः Meeting ID: 875 3243 3119 Passcode: nc2025

(Join Zoom Meeting https://us06web.zoom.us/j/87532433119? pwd=2Cd4Uactm4PxLPtgPIFv8rdfBBxEfT.1 )


गैरआवासीय नेपाली संघ)एनआरएनए)को एकता महाधिवेशनको पूर्वसंध्यामा आयोजित यो कार्यक्रममा विदेशस्थित नेपाली जनसम्पर्क समितिका सभापति,पदाधिकारी र सदस्यहरुको ठूलो संख्यामा उपस्थिति र सक्रिय सहभागिता रहने विश्वास आयोजकहरुले लिएका छन् ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top