नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेल अमेरिकामा, न्युयोर्कमा राष्ट्रिय मेलमिलापको नीतिको चर्चा

न्युयोर्क(संयुक्त राज्य अमेरिका), पुस १५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेल सांगठानिक कामको सिलसिलामा अमेरिका आइपुग्नुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक वीपी कोइरालाले राष्ट्रियतामाथि खतरा उत्पन्न भएको देखेर आफूमाथि लागेका संगीन मुद्दाहरुलाई वेवास्ता गर्दै देशभित्रबाट लोकतन्त्र पुनस्थापनाको आन्दोलन चलाउने निर्णय लिंदै राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गरेर स्वदेश फकर्नुभएको दिन, पुस १६ का अवसरमा विश्वभरका जनसम्पर्क समितिहरुलाई सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न निर्देशन दिनुभएका विभागका प्रमुख अमेरिकाका कार्यक्रममा सरिक हुन यहाँ आइपुग्नुभएको हो ।

केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाले आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय विभाग प्रमुख पौडेलले राष्ट्रिय मेलमिलापको नीति नेपालको विकास, राजनीति र समाजिक रुपान्तरणमा सधै सहयोगी हुने बताउनुभयो । उहाँले मुलुक समृद्धिका लागि प्रवासमा बसेर नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधिको आवश्यकता परेको बताउनुभयो ।

त्यसअवसरमा अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई अधिकारसहितको नेपाली नगरिकता प्रदान गर्ने सम्बन्धमा नेपाल सरकारबाट प्रष्ट नीति आउनुपर्ने माग गर्नुभएको थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजङ्ग शाह, कांग्रेस महासमिति सदस्य कान्छा लामालगायतले प्रवासी नेपालीहरुको नगरिकताका साथै अन्य समस्याहरुको समाधानका लागि नेपाली कांग्रेस र नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

गत बर्ष सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकले नेपाली कांग्रेसले आगामी निर्वाचन एक्लै लड्ने नीतिगत निर्णय गरिसकेकोले आउदो निर्वाचनमा नेपाली कांग्रेसलाई एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन विदेशमा रहेका जनसम्पर्क समितिहरुलाई सुसंगठित गर्दै सम्बन्धित देशमा रहेका नेपालीहरुको समस्या समाधानको पर्याय बनाउन र नेपाली कांग्रेसप्रतिको आस्था र विश्वास अझै प्रगाढ बनाउने उद्देश्यले विभागका प्रमुख अमेरिका भ्रमणमा आउनुभएको हो ।

उहाँ अमेरिकामा करिब दुई हप्ता बस्ने कार्यक्रम रहेको छ । आफ्नो बसाइँँको अवधिमा उहाँ अमेरिकामा गठन भएका सबै च्याप्टरहरुका कार्यक्रममा सरिक हुनुहुने कार्यक्रम छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top