नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभागको जुम बैठक सम्पन्न


काठमाडौं, २ पौष । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समन्वय विभागको पहिलो जुम बैठक सम्पन्न मंगलबार साँझ भएको भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको सभापतित्वमा सम्पन्न सो बैठकमा स्वदेश र विदेशमा रहनुभएका विभागका सदस्यहरु सहभागी हुनुभएको थियो ।

बैठकले विभागले गर्नुपर्ने कामको पहिचान गर्दै विभागका प्रमुख पौडेलले राख्नुभएको तत्कालीन कार्यक्रम पनि पारित गरेको छ । समितिको बैठकले विदेशस्थित जनसम्पर्क समितिहरुमार्फत राष्ट्रिय एकता तथा  मेलमिलाप दिवस सप्ताह मनाउन उपयुक्त हुने ठहर गर्दै सोको लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी विभागका प्रमुखलाई सुम्पेको छ ।

विभागले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सप्ताहमा समसामयिक विषयमा विचार गोष्ठी, नयाँ बर्ष २०२५ को अवसरमा शुभकामना आदानप्रदान, रक्तदान र वनभोज जस्ता कार्यक्रम तय गरी विदेशमा रहनुभएका प्रजातान्त्रिक विचारधारामा विश्वास गर्नुहुने सम्पूर्ण नेपालीलाई समेट्ने उचित व्यवस्था गर्न संबन्धित देशका जनसम्पर्क समितिहरुलाई आग्रह गर्न पनि सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाले आठ बर्ष लामो निर्वासन त्यागेर मेलमिलापको नीति प्रतिपादित गरी स्वदेश फर्केको दिन पुस १६ लाई नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

बैठकमा विभागका प्रमुख पौडेलले प्रवासमा रहनुभएका साथीहरुले भोग्नु परेका समस्यालाई समाधान गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, श्रम मन्त्रालय र पर्यटन मन्त्रालयसंग निकट सम्पर्कमा रही कार्यक्रमहरु तय गरिने जानकारी पनि दिनुभएको थियो ।

विभागका सदस्य कृष्ण गिरीले सञ्चालन गर्नुभएको बैठकका सहभागीहरुले अहिले आधा नेपाल बाहिर रहेकोले सबै नेपालीको भावना समेट्न सबन्धित देशमा रहेका जनसम्पर्क समितिलाई अझ बढी संगठित, क्रियाशील र सशक्त बनाउनेतर्फ समन्वय विभागले ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहनुभएको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा पहिलो चरणमा कार्तिक २३ गते शुक्रवार २८ सदस्य मनोनयन गर्नुभएको थियो ।

विभागको सदस्यमा मनोनीत हुनुहुनेमा डडेल्धुराका नरेन्द्रबहादुर भाट, मनाङका  दिलबहादुर गुरूङ्ग, बागलुङका पूर्णबहादुर हमाल, ओखलढुंगाका पेमा नीमा शेर्पा, चितवनका नारायण सुवेदी, झापाका कृष्ण गिरी (जगन्नाथ), काठमाडौंका नारायण खरेल, चितवनका गिरीराज कुँवर, कास्कीका कुलप्रसाद गुरूङ्ग, कैलालीका हिक्मत थापा, बागलुङका राजु रेग्मी,  स्याङ्जाका शालिकराम डुम्रे, धादिङकी  सीता अर्याल,  गुल्मीकी सुनिता जिसी  कुँवर, काठमाडौंका  पुरुषोत्तम खनाल, तनहुँका गोविन्द परियार, धनुषाका शिवकुमार यादव, लमजुड.का प्रकाश अधिकारी, सुर्खेतका ऋषि शर्मा, पर्वतका मोहन गुरूङ्ग, चितवनका इन्द्रकमल बुढ़ाथोकी हुनुहुन्छ।

त्यस्तै स्याङ्जाका जगदीश पौडेल, अर्घाखाँचीका कृष्णप्रसाद अधिकारी, रुकुमका राजु केसी, कञ्चनपुरका ईश्वरीप्रसाद जोशी, धनुषाका डा. अविरल निधि, स्याङ्जाका डा. मनोरदिन सैयद र रुपन्देहीका कृष्ण पौडेल विभागको सदस्यमा मनोनीत हुनुभएको छ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top