दुबाई(संयुक्त अरब इमिरेट्स), १४ पौष । नेपाली जनसम्पर्क समिति युएईको पाँचौ अधिवेशन १३ पौष (२८ डिसेम्बर, २०२५) आइतबारका दिन दुबाईमा सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले भुवानीप्रसाद तिमल्सिनाको नेतृत्वमा ४३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्माको प्रमुख आतित्थमा सम्पन्न पाँचौ महाधिवेशनले कार्य समितिको उपाध्यक्षमा बरिष्ठ उपसभापति अम्मर बहादुर रानाभाट , उपसभापति त्रयमा कृष्णप्रसाद गौतम, मणिप्रसाद भुर्तेल र चिरन आचार्य महामन्त्री द्धयमा तुलसीराम भुसाल र प्रताप सिंह तामाङ्ग सहमहामन्त्रीमा सोमन थापा र डम्बरराज जोशीलाई चयन गरेको छ ।
महाधिवेशनले सदस्यहरुमा पुष्कार सापकोटा ,सविन योञ्जन,पदम धोज तामाङ्ग, माया सेढाई ,रुद्रमणि रेग्मी, मञ्जु उचाई,सरोज न्यौपाने , दावा दोर्जे तामाङ्ग ,बलाराम खड्का ,अपिल भट्टराई, प्रदिप श्रेष्ठ,राम बहादुर तामाङ्ग ,पुर्णचन्द्र भुसाल ,केशव प्रसाद बोहोरा, प्रेम प्रसाद सापकोटाा, भरत भुसाल,लोकराज पाण्डेय ,देवराज भण्डारी, नरेन सापकोटा,यम बहादुर बि।क। ,बिनोद राई ,सोनु डुम्रे ,मञ्जु खनाल,कमल कार्की ,विनोद बस्नेत ,प्रेमनारायण चापागाई ,दिपेन्द्र पौडेल,डिलादेवी भण्डारी, दावा लामा ,शुशिल भण्डारी ,राजेन्द्र विष्ट ,सुनिल पौडेललाई निर्विरोध निर्वाचित गरेको छ ।





