नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशन भव्यताको साथ सम्पन्न, चोलाकान्त पंगेनीको सभापतित्वमा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

क्वाललम्पुर(मलेसिया), २१ पौष । नेपाली कांग्रेस पार्टीप्रति आस्थावान र समर्पित प्रवासी नेपालीको संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

यहीँ ४ जनवरी २०२६ आइतबारका दिन मलेसियाको राजधानी क्वाललम्पुरमा सम्पन्न अधिवेशनले चोलाकान्त पंगेनीको सभापतित्वमा निर्विरोध २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनले समितिको वरिष्ठ उपसभापतिमा कमलप्रसाद गौतम, उपसभापतिमा टेकबहादुर टमटा, हरिप्रसाद कोइराला, गणेशबहादुर राउत, सन्तोष पौडेल, ज्ञानेन्द्रहादुर शाही र डम्बर ओखडालाई निर्विरोध निर्वाचित गरेको छ ।

चौथो अधिवेशनबाट महामन्त्री पदमा सरोज दाहाल र मिलन लामा, सहमहामन्त्रीमा तिलज चन्द, रामकुमार यादव र देवराज घिमिरे अनि कोषाध्यक्षमा इन्द्रप्रकाश भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ।

कार्यसमितिका सदस्यहरूमा दीपक अधिकारी, यज्ञकुमार राई, घनश्याम चौधरी, रुकेश गाहा मगर, रमेश भण्डारी, पुष्कर खड्का, छेवाङ लामा, इन्दु बस्नेत, मछिन्द्रनाथ चापागाईं, राजकुमार कटुवाल र गणेश बिष्ट निर्विरोध निर्वाचित हुनुभएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा मलेसियास्थित नेपाली राजदूतावासका प्रथम सचिव सुशील घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, विशेष अतिथिमा विनोद थापा रहनुभएको थियो।

प्रमुख अतिथि किरणराज शर्मा पौडेलले भर्चुअल माध्यमबाटै अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको थियो । उहाँले नेपाल अहिले राजनीतिक संकटको भूमरीमा रहेको र त्यसको छायाँ पार्टीभित्र पनि देखा परेको उल्लेख गर्दै राष्ट्रलाई संकट पर्दा सधै निकासको लागि नेतृत्व लिनसक्ने नेपाली कांग्रेसले यसपटक पनि निकास दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बाहिर बसेका नेपाली समुदायले लोकतन्त्र, आर्थिक स्वतन्त्रता, उदार आर्थिक नीति, खुलापन, व्यक्तिगत तथा मौलिक स्वतन्त्रता जस्ता विषयमा आफ्ना घरपरिवार, छरछिमेक, नाता कुटुम्ब र साथीभाईलाई संझाउनु पर्ने अवस्था रहेको पनि बताउनुभयो ।

उहाँले नेपालमा आइपरेको समस्याको समाधानको कानुनी र राजनीतिक दुइखालको निकास भएको र नेपाली कांग्रेसले दुवै निकासको लागि पहल गरेको पनि उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए आरसी हरि भट्टराई, राप्रपा नेता योगेन्द्र कुँवर, एनआरएनए मलेसियाका अध्यक्षद्वय इन्द्रनारायण लिम्बु र राकेशप्रसाद महतो, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका महासचिव सन्जिव तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ “फोनिज” शाखा मलेसियाको का.वा.अध्यक्ष आरएन चौधरी थारु , थारु कल्याणकारी समिति मलेसिया सभापति प्रकाश चौधरी, हेल्प मधेसी मलेसिया अध्यक्ष प्रमोदकुमार महतोलगायत मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँगै नेपाली श्रमिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनको विकल्प नरहेको बताउनुभयो। उहाँले प्रवासमा रहेका संगठनहरूले केन्द्रलाई सुझाव दिँदै गठबन्धन कायम गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो।


कार्यक्रममा अन्य वक्ताहरूले पनि मलेसियामा स्थापित संघ–संस्थाहरूले श्रमिकहरूको हकहित र समस्याका लागि सौहार्दपूर्ण र प्रभावकारी काम गर्न आग्रह गर्नुभएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top