नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति भारतद्धारा मध्य प्रदेशको भोपालमा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

भोपाल(मध्यप्रदेश,भारत), ११ भाद्र । नेपाली जनसम्पर्क समिति भारतले भारतको मध्यप्रदेशको राजधानी भोपालमा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले दिनुभएको जानकारी अनुसार स्वर्ण महोत्सव वर्षका अवसरमा सञ्चालन गरिएको जागरण अभियान अन्तरगत अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डेले संगठन विस्तार र सुदृढीकरणका विविध पक्षहरुमा जानकारी दिँदै नेपालको विद्यमान राजनीतिक अवस्था र भारतमा रहेका प्रजातन्त्रवादी नेपालीहरुको भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा जनसम्पर्क समिति भोपालका क्षेत्रीय अध्यक्ष दामोदर बेलबासे, महासचिव प्रेम पौडेल, उपाध्यक्षहरू लोकमनि तिमिल्सिना र बालकुमार श्रेष्ठ, शिक्षा सचिव, महिला समितिका अध्यक्ष,सचिव लगायतका पदाधिकारी तथा सदस्यहरु तथा मध्य भारतका संस्थापकहरू लगायत समितिका पदाधिकारी, क्षेत्रीय र शाखा समितिका अध्यक्ष तथा सचिवहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा २०२५ का भावी योजना कार्यक्रमहरूबारे गहन छलफल गरिएको थियो। छलफलमा शिक्षासम्बन्धी योजना, कार्यकर्ता सम्मान, स्वास्थ्य कार्यक्रम र, खेलकुद कार्यक्रम सञ्चालन, व्यवसायीहरूको सुरक्षा, नेपाल–भारत सम्बन्ध सुमधुर राख्न गर्नुपर्ने समन्वय, विद्यार्थी समस्या समाधान, धार्मिक गतिविधि प्रर्बद्धन, प्रवासी नेपालीहरूको सुरक्षा लगायतका समसामयिक विषयहरूमा कार्ययोजना बनाएर काम गर्नुपर्ने कुरा उठेको थियो । सहभागीहरुले जनसम्पर्क समितिले नतिजामूलक ढंगले काम गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।

नेपाली जनसम्पर्क समिति स्थापनाको स्वर्ण महोत्सव बर्षले भारतका प्रवासी नेपालीमा नयाँ काम गर्ने उत्साह पैदा गरेको समितिका अध्यक्ष पाण्डले बताउनुभएको छ । उहाँले प्रवासी नेपालीको दीर्घकालीन हित, आपसी सम्बन्ध विकास, संगठन विस्तार र सामूहिक हितका कार्यक्रम सञ्चालन गर्न यो एक स्वर्णिम अवसर सिद्ध भएको पनि उल्लेख गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय टोली भोपालको कार्यक्रम पश्चात उज्जैनतर्फ प्रस्थान गरेको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top