नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति बेल्जियमद्धारा आयोजित रजत जयन्ती तथा च्यारिटी कार्यक्रम भव्य रुपमा सम्पन्न


लुवेन(बेल्जियम), १३ साउन । नेपाली जनसम्पर्क समिति बेल्जियमले स्थापनाको रजत जयन्ती भव्य रुपमा मनाएको छ ।

नेपाली जनसम्पर्क समितिको स्वर्ण महोत्सव, ४३ औं.बी.पी स्मृति दिवस तथा सिद्धिचरण नगरपालिकाका विद्यालयहरुको सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रम २८जुलाई तद्अनुसार साउन १२ गते बेल्जियमको लुवेन शहरमा एकसाथ आयोजना गरिएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्य र बेल्जियम, नेदरल्याण्ड। लम्जेम्बर्ग तथा युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्सालको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापतिहरूलाई सम्मान पनि गरिएको थियो ।

नेपाली जनसम्पर्क समितिका सभापति सुबास गुरुड.को सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वसभापतिहरु ध्रुवराज पौडेल, इन्द्रबहादुर क्षेत्री, गंगाधर गौतम, सन्तोष सुभाष जोशी,सीता सापकोटा, पूर्ण तिमिल्सिनालाई सम्मानित पनि गरिएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय महामन्त्री डा. महेश्वंरी कुँवर लगायत एनआरएनका पूर्वअध्यक्षहरु लगायत बेल्जियमस्थित सबै राजनीतिक,,क्षेत्रीय र जातीय संघ सस्थाहरूका अध्यक्षहरू र पूर्वअध्यक्ष तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

जनसम्पर्क समिति बेल्जियको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. महतले महामानव बी.पी.कोइरालाको अग्रसरतामा स्थापित नेपाली कांग्रेस आठ दशकसम्म पनि नेपालको लोकतान्त्रिक आन्दोलनको दियो र मियो बनेर बसेको उल्लेख गर्दै उहाँको अग्रसरता र उपस्थितिमा स्थापना भएको जनसम्पर्क समिति यसैबर्षदेखि ५० औं बर्षमा पुगेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले जनसम्पर्क समितिको स्थापनाको ५० औंै बर्षलाई स्वर्ण महोत्सव वर्षको रुपमा मनाउने निर्णय गरेको पनि बताउनुभयो ।

उहाँले नेपाली जनसम्पर्क समिति बेल्जियमको स्थापनाको २५ बर्षमा मनाइएको रजत महोत्सवले संगठनमा नयाँ उत्साह थपेको बताउनुभयो । युरोपेली युनियनको राजधानीको रुपमा रहेको बेल्जियममा रहनुभएका नेपाली जनसम्पर्कमा आबद्ध सबैलाई बाहिर बसेका नेपालीले देशको बारेमा सत्य र तथ्यसहित बोल्नुपर्ने अवस्था आएको पनि बताउनुभयो । उहाँले बीपी कोइरालाको भनाई उद्धृत गर्दै भन्नुभयो, “जब सत्यको मुख बन्द हुन्छ, असत्य अर्थात झूटो बकबकाउन थाल्छ । नेपालमा त्यही भईरहेको छ । देशमा लोकतन्त्रको देखि गणतन्त्रको स्थापना र संस्थागत विकासमा ८ दशकदेखि संघर्ष गर्दै आएको पार्टीलाई सहकारी ठगी र विभिन्न आरोपमा मुछिएकाहरुले हिलो छ्याप्ने दुस्साहस गरिरहेका छन् ।”

उहाँले नेपाली कांग्रेसले शासनको बागडोर सम्हालेपछि लिएका खुला, प्रतिस्पर्धी र उदारवादी आर्थिक सामाजिक नीतिले देशमा पञ्चायत कालको तुलनामा हरक्षेत्रमा कैयौं गुणा प्रगति भएको उदाहरण पनि प्रस्तुत गर्नुभयो । उहाँले विदेशमा आएर संबन्धित देशको प्रणाली बुझेका, राम्रो आय आर्जन गरेका साथीहरुको विचारलाई नेपालमा आफ्ना परिवार, छरछिमेक, नातागोता,साथीभाई सबैले पत्याउने भएकोले उपयुक्त समयमा सही कुरा बोलिदिंदा त्यसले सही नतिजा दिने पनि बताउनुभयो ।

उहाँले भूपरिवेष्ठित मुलुक भएकोले औद्योगिक विकासमा गति लिन कठिन भएको तर विदेशमा आएर काम गर्ने नेपालीले पठाएको विप्रेषणले नेपालमा विकासलाई गति दिन सकिएको पनि बताउनुभयो । स्वदेशमा रोजगारीका अवसर कम भएको, भएपनि आम्दानी कम हुने कारणले वैदेशिक रोजगारी अहिलेको वाध्यता भएको पनि उल्लेख गर्नुभयो । वैदेशिक रोजगारी र अवसरको खोजी नेपालीले मात्र होइन, संसारका धेरै देशहरुमा हुने गरेको यथार्थ पनि डायस्पोराले बोलिदिनुपर्ने उहाँले बताउनुभयो ।

प्रवक्ता महतले विदेशमा रहनुभएका नेपालीहरुको ज्ञान,सीप र पूँजीलाई स्वदेशमा लगाउन पार्टीले जनसम्पर्क समितिहरुलाई पार्टी महाधिवेशन र महासमितिको बैठकमा प्रतिनिधित्व गराउने परम्परा कायम गरेको पनि बताउनुभयो ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री प्रकाशराज गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापनको कार्य संयोजक गोविन्द सिंहले गर्नुभएको थियो ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति सुबास गुरूगले जनसम्पर्क बेल्जियमको रजत जयन्ती, सिद्धिचरण नगरपालिकाका विद्यालयको सहयोगको लागि च्यारिटी कार्यक्रम, जनसम्पर्क समितिको स्वर्ण महोत्सव र ४३ औं बी.पी. स्मृति दिवसका कार्यक्रमहरु एकसाथ आयोजना गर्न सहयोग पुर्याउने र सहभागी भईदिनुहुनै सबैलाई धन्यवाद दिनुभएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top