नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति अमेरिकाका ३३ च्याप्टरको अधिवेशन सम्पन्न, नयाँ नेतृत्वलाई विभाग प्रमुख पौडेलद्धारा बधाई र शुभकामना

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ९ पौष । नेपाली कांग्रेसको मूल्य,मान्यता,सिद्धान्त र आदर्शले प्रेरित विदेशमा रहेका नेपालीहरुको संगठन नेपाली जनसम्पर्क समितिका अधिवेशनहरु धमाधम हुन थालेका छन् । यसै क्रममा अमेरिकाका विभिन्न राज्यमा गठन भएका ३३ च्याप्टरको अधिवेशन शनिवार भव्यताका साथ सम्पन्न भएको छ।

अमेरिकाका सबै राज्यमा चौथो अधिवेशन सम्पन्न भएको जनसम्पर्क समिति अमेरिका सभापति आनन्द विष्टले बताउनुभएको छ। कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार अधिवेशन आह्वान भएपछि अमेरिकाका ३३ वटै राज्यमा उत्साहपूर्ण ढंगले सदस्यता वितरण, नवीकरण र अधिवेशन सम्पन्न भएको विष्टले बताउनुभएको छ।

कांग्रेसले यही पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेसँगै प्रवासमा रहेका क्रियाशील सदस्य आवद्ध भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिको अधिवेशन आगामी पौष १५ भित्र सम्पन्न गर्न निर्देशन दिएको छ। सोही बमोजिम नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्नो अधिवेशनको कार्यतालिका तय गरी च्याप्टरहरूको अधिवेशन शनिबार सम्पन्न गरेको हो।

अमेरिकाका ३० वटा राज्यमा एकै साथ सम्पन्न भएको च्याप्टर अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको सभापति विष्टको भनाइ छ। वर्तमान अवस्थामा सहमति, सहकार्य र एकतालाई प्राथमिकताका साथ जोड दिएर अघि बढ्नु पर्ने सन्देश च्याप्टर अधिवेशनबाट दिन खोजिएको उहाँले बताउनुभयो ।

उहाँले च्याप्टरहरूको अधिवेशनले दिएको सन्देशलाई आत्मसात् गर्दै केन्द्रीय अधिवेशन पनि निर्धारित समयभित्रै हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले वर्तमान अवस्थालाई मध्यनजर गर्दै कांग्रेसले पनि सहकार्य, सहमति र एकतालाई मूल मन्त्र बनाएर महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित भएका सबै च्याप्टरका कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले कार्यकाल सफलताको शुभकामना दिनुभएको छ।

यस्तै जनसम्पर्क समिति अमेरिकाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख गौतम दाहालले जनसम्पर्क समितका पूराना ३० च्याप्टरलाई निरन्तरता दिँदै थप तीन राज्य नेभाडा, नेब्रास्का र कान्सास सिटीमा च्याप्टरको नयाँ कार्यसमिति गठन गरिएको जानकारी दिनुभयो। सीमित समय सिमा र असहज परिस्थितिका बाबजुद पनि च्याप्टरको अधिवेशनका दौरानमा देखिएको उत्साहले सबैलाई ऊर्जा थपेको उहाँको भनाइ छ।

कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेपाली जनसम्पर्क समन्वय विभाग प्रमुख किरणराज शर्मा पौडेलले च्याप्टर अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । उहाँहरुले अधिवेशन सम्पन्न भएर सर्वसम्मतिले नेतृत्वमा आउनुभएका सबै च्याप्टरका अध्यक्ष,पदाधिकारी र सदस्यहरुलाई बधाईसहित कार्यकालको सफलताको लागि शुभकामना पनि दिनुभएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले गत अगष्ट देखि नै अधिवेशनको तयारी गरेको थियो ।

नेपाली कांग्रेसको गत असार १६(२३ सम्पन्न केन्द्रीय समिति बैठकले अधिवेशन हुन बाँकी रहेका सबै जनसम्पर्क समितिहरुको अधिवेशन र नयाँ नेतृत्व चयन ६ महिनाभित्र गर्न निर्देश गर्ने निर्णय गरेको थियो। सोही अनुसार समन्वय विभाग प्रमूख किरणराज शर्मा पौडेलले अधिवेशन हुन बाँकी रहेका सबै जनसम्पर्क समितिलाई लिखित पत्राचार गरी पार्टी निर्णय बारे जानकारी गराउंदै अधिवेशन सुरु गर्न निर्देशन दिनु भएको थियो।

त्यसबेला असोज मसान्तसम्म सदस्यता वितरण र पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरी केन्द्रमा पेश गर्नुपर्ने र अधिवेशन हुन बाँकी देशका जनसम्पर्क समितिहरुको अधिवेशन पौष मसान्तभित्र सम्पन्न गर्नुपर्ने समय तालिका बनाइएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top