सानेपा(ललितपुर), २० कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो ।
आजको बैठकले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहनु भएका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य, पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
कार्यसमितिको अर्को बैठक २०८२ कार्तिक २१ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्नेछ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., एन.पी.साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदिपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, ई. मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल के.सी., रुपा वि.क., धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
यस्तै बुधवार बसेको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू— प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सीतादेवी देवकोटाले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।





