नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरुलाई आजदेखि भैरहवामा प्रशिक्षण ; प्रशिक्षणको उद्घाटन सभापति देउवाबाट हुने

भैरहवा (रुपन्देही), १९ फागुन। नेपाली कांग्रेसले देशभरि रहेका पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुलाई भैरहवामा दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गर्ने भएको छ । सोमबार र मङ्गलबार दुई दिन चल्ने उक्त कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुने कार्यक्रम तय भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रममा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका १ सय ३० क्षेत्रीय सभापति, सोही सङ्ख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जनाको सहभागिता रहने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति पूर्णबहादुर खडकाले जानकारी दिनुभयो ।

कार्यक्रमबारे जानकारी दिन आइतवार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक खड्काले कार्यक्रममा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका काम, मुलुकको संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तरसम्बन्धका विषयबारे प्रस्तुति रहने बताउनुभयो ।

यस्तै, समसामायिक विषयवस्तुसँग जोडिएका गरी विभिन्न ६ विषयमा प्रस्तुतीकरण गरी छलफल गरिनेछ । दोस्रो दिन सातवटा समूह विभाजन गरी सहभागीले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतका बारे गहन छलफल गरी सुझाव प्राप्त गरिनेछ । अर्को सत्रमा सरकारसँग जोडिएका विषयमा छलफल गरी सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको संयोजक खड्काले जानकारी दिनुभयो । यसबारे सरकारमा सहभागी दुई मन्त्रीले जानकारी दिने कार्यक्रम तय भएको उहाँको भनाइ छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top