नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली काँग्रेसद्वारा सानेपामा १९ आना जग्गा खरिद;केन्द्रीय कार्यालय परिसरलाई थप व्यवस्थित, सुविधा सम्पन्न र कार्यकर्तामैत्री बनाइने


सानेपा (ललितपुर) । असार नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र त्यसमा निर्मित तीन तले घर खरिद गर्ने निर्णय भएको हो। उक्त जग्गा र घर ललितपुर निवासी अमिर मान अमात्यको स्वामित्वमा रहेको थियो।


जग्गा खरिदका लागि असार ११ गते नेपाली काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, एक वर्षभित्र जग्गा पास गर्ने गरी ५० लाख रुपैयाँ बैना प्रदान गरिएको छ।

उक्त जग्गा र घर १३ करोड रुपैयाँमा खरिद गरिएको जनाइएको छ। नेपाली काँग्रेसले यो रकम पार्टीको विभिन्न तहको लेवी र शुभेच्छुकहरूको सहयोगमार्फत जुटाउने योजना बनाएको छ। विज्ञप्तिमार्फत यो खरिद प्रक्रियामा सबैको अपनत्व हुने गरी रकम चुक्ता गरिने उल्लेख गरिएको छ।

नेपाली काँग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय परिसरलाई थप व्यवस्थित, सुविधा सम्पन्न र कार्यकर्तामैत्री बनाउन यो कदम चालेको बताएको छ। कार्यालय परिसरको विस्तारले पार्टीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top