नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेका छन्ः पार्टी सभापति देउवा


सानेपा (ललितपुर), २ भदौः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताउनुभएको छ ।

पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो । ।

सभापति देउवाले कुनै पनि भ्रममा नपरी आगामी दिनमा पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । “कांग्रेसले लामो सङ्घर्ष, बलिदान र आन्दोलनमार्फत नेपालमा बहुदलीय लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको जग बसाएको छ”, उहाँले भन्नुभयो,“शुभेच्छुक संस्थाहरू पार्टीको मूल्य, मान्यता, आदर्श, नीति तथा कार्यक्रमहरूलाई जनस्तरसम्म पु¥याउने आधारशिला हुन् । समाजका विविध क्षेत्र र पेसामा क्रियाशील व्यक्तिहरूको श्रम र योगदानकै कारण कांग्रेसलाई सशक्त बनाउन सम्भव भएको छ । यसलाई थप बलियो बनाउन यहाँहरूको भूमिका महत्त्वपूर्ण हुनेछ ।”

सभापति देउवाले पार्टीका सबै भ्रातृ एवं शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र बृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याई स्थिरता दिनुपर्ने बताउनुभयो ।

देशमा रहेका विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष पर्व भएको उल्लेख गर्दै उहाँले चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्त्व रहेको धारणा राख्नुभयो ।

महामन्त्री गगनकुमार थापाले विधानअनुसार पार्टीको सर्वोत्तम हित र प्रजातान्त्रिक मूल्य तथा मान्यतालाई स्वीकार्ने भ्रातृ संस्थाका साथै शुभेच्छुक संस्थाले पनि समयमा अधिवेशन गरेर गतिशील बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको शुभेच्छुक सङ्घ समन्वय विभागलाई शुभेच्छुक संस्थाका लागि आवेदन दिएका विषयमा अध्ययन गरेर केन्द्रीय समितिमा पेस गर्न आग्रह गर्नुभयो ।

“पार्टीको नेतृत्वलाई सुझाव दिने र सांसदलाई ज्ञान दिने काममा शुभेच्छुक संस्थाहरूको भूमिका हुन्छ । यस्ता संस्था पार्टीको मूलधारमा नभए पनि पार्टी नेतृत्वलाई सुझाव दिएर सुधार्ने क्षमता राख्छन्”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले पार्टीको जिम्मेवारीमा रहेका मानिसहरू शुभेच्छुक संस्थाको जिम्मेवारी र नेतृत्वमा बस्न नहुनेमा जोड दिनुभयो ।

कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीका गतिविधिलाई सामाजिक सञ्जालमा प्रभावकारी बनाउँदै समृद्धिको आधार निर्माण गर्न ठूलाठूला परियोजनामार्फत उत्पादकत्व वृद्धि गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले शुभेच्छुक संस्था पार्टीको नियन्त्रणमा नरहेकाले यस्ता सङ्घसङ्गठनलाई पार्टीले सहजीकरण मात्रै गर्नसक्ने बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख पुष्पा भुसालले कांग्रेसको नेतृत्वमा बनेको संविधान र संविधानअनुसार बनेका संरचना कमजोर भएका हुन् कि भन्ने चिन्ता बढ्दै गएको भन्दै पार्टीले आफ्ना ‘एजेन्डा’ बलियो बनाउन ध्यानदिनु पर्ने बताउनभयो । उहाँले महिलामाथि असमानतालाई बढावा दिनेगरी बहुविवाहलाई प्रश्रय दिनेखालका कानुन ल्याउन नहुनेमा जोड दिँदै पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

विभागका प्रमुख अब्दुल सतारले पार्टीको शुभेच्छुक संस्थाको पहुँच वडा तहसम्म रहेको भन्दै पार्टीलाई बलियो बनाउन गुमेको मतलाई पुनःस्थापित गराउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top