नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

गैर आवासीय नेपालीले नागरिकता लिएपछि भिसा लिनु पर्दैनः परराष्ट्र मन्त्री डा. देउवा

काठमाडौं, २६ माघ ।परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैर आवासीय नेपाली(एनआरएन)ले नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिन लागेको जानकारी दिनुभएको छ।

परराष्ट्र मन्त्री देउवाले गैरआवासीय नेपाली संघ (एनआरएन)को प्रतिनिधिमण्डलसँग माघ २० गते आइतबार सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै सो कुरा बताउनुभएको हो । उहाँले गैरआवासीय नेपाली नागरिकता दिएकाहरूलाई १० वर्षे भिसा प्रणाली अस्थायी प्रबन्ध नभएको बताउँदै संसदमा प्रस्तुत हुने प्रतिस्थापन विधेयकमार्फत गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने बताउनुभएको थियो।

सो अवसरमा परराष्ट्र मन्त्री डा. देउवाले सर्वोच्च अदालतले दिएका दुवै फैसलालाई आधार बनाएर महान्यायाधिवक्ताको सुझावका आधारमा मन्त्रालयले गैर आवासीय नेपाली संघको विवादमा निकास निकाल्ने पनि जानकारी दिनुभएको थियो।

उक्त भेटमा एनआरएन नेपाली संघका अध्यक्ष डा. बद्री केसीले एनआरएनए ऐनलाई छिट्टै संसदमा लैजान अनुरोध गर्नुभएको थियो । प्रतिनिधि मण्डलमा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना र एशिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top