नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन, सभापति देउवाद्धारा श्रद्धाञ्जली अर्पण गर्दै स्वजनहरुमा समवेदना व्यक्त


काठमाडौँ, १३ वैशाख । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहनुभएका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो ।

विसं २००४ सालमा काठमाडौँमा जन्मनुभएका ७७ वर्षीय उहाँ कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत हुनुहुन्थ्यो । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाउनुभएका डङ्गोल विसं २०६२ । ६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिनुभएको थियो ।

उहाँका श्रीमती हुनुहुन्छ । उहाँको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिएको थियो ।

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

नेता डङ्गोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उहाँले “नेपाली कांग्रेस काठमाडौँका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ । उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीले विर्सने छैन ।

सभापति देउवाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।


सभापति देउवाले नेता डङ्गोलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

दिवङ्गत नेता डङ्गोलको अन्त्येष्टि सम्पन्न

नेपाली कांग्रेसका दिवङ्गत नेता तीर्थराम डङ्गोलको पार्थिव शरीर आज अन्त्येष्टि गरिएको छ । गए राति ७७ वर्षको उमेरमा सनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो । उहाँको पार्थिव शरीर विधिपूर्वक टेकुमा अन्तेष्टि गरिएको हो ।

उहाँलाई श्रद्धाञ्जली दिन आफन्त, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुकलगायतको सहभागिता थियो । सिनामङ्गलस्थित केएमसी अस्पतालबाट उहाँको शव आजै कुलेश्वरस्थित निवासमा ल्याएर विधि विधानका साथ अन्तेष्टि गरिएको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

विसं २०४३ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन काठमाडौँ नगर पञ्चायतको उपप्रधानपञ्च जित्नुभएका डङ्गोलले सो व्यवस्थाको विरोध गरेकाले निलम्बनमा पर्नुभएको थियो ।

निष्ठावान र आदर्श नेताको छवि बनाउनुभएका उहाँ कांग्रेस काठमाडौँको जिल्ला सभापति तथा विसं २०५६ को आमचुनावमा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यका रूपमा विजयी हुनुका साथै स्वास्थ्य राज्यमन्त्रीसमेत बन्नुभएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top