नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

आज पनि पार्टीको कार्यसम्पादन समितिको बैठक, बैठकमा राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन र महाधिवेशन बारे छलफल जारी


सानेपा(ललितपुर), १० पौष । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि जारी हुने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज दिउँसो १ः०० बजे बैठक प्रारम्भ हुने छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बुधवार पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बसेको बैठकले प्रदेशसभा अन्तर्गतको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ ।

‘प्रदेशसभामा बन्दसूचीमा रहेका साथीहरू बन्दसूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको सूची पास गरिएको जानकारी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले दिनुभएको थियो । उहाँका अनुसार पार्टीको सो निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराइने छ ।


बैठक पछि पार्टीले जारी गरेको विज्ञप्तिमा बुधवारको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— महेन्द्र यादव र बद्री पाण्डे सदस्यहरु– बिजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा।शेखर कोइराला, ज्ञानेन्द्र बहादुर कार्की, उमा रेग्मी, सुजाता कोइराला, एन.पी.साउँद र आनन्द प्रसाद ढुङ्गानाले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको उल्लेख छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top