नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

आज ग्याल्पो ल्होसारः सभापति देउवाद्धारा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त


काठमाडौँ, १६ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालको हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ बर्षको रुपमा मनाउने ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिंदै उहाँले भन्नुभएको छ, “ग्याल्पो ल्होसार सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्।”

शुभकामना सन्देशमा सभापति देउवाले नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) को आफ्नै विशिष्ट महत्व रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको स्मरण गराउँदै प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको पनि उल्लेख गर्नुभएको छ । सभापति देउवाले विविधतायुक्त नेपालमा विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको पनि बताउनुभएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिनलाई शेर्पा समुदायले ग्याल्पो ल्होसारको रुपमा मनाउने गर्दछन्। शेर्पा समुदायमा यस दिनलाई नयाँ बर्षका रुपमा मनाउँने गरिन्छ । शेर्पा क्यालेण्डर अनुसार यो २१५२औँ ग्याल्पो ल्होसार हो । शेर्पा परम्परामा १२ वर्गीय चक्रीय प्रणाली अनुरुप बर्ष फेरिदै जान्छ । उनीहरुले मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गको समय चक्र निर्धारण गर्ने गरेका छन् ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्दछन् । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top