नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

अन्तर्राष्ट्रिय बागलुङ समाज तेस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा गंगाप्रसाद शर्मा सर्वसम्मत

बाग्लुड., २८ बैशाख । अन्तर्राष्ट्रिय बागलुङ समाजको अध्यक्षमा गंगाप्रसाद शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिका अन्य पदाधिकारी तथा सदस्यको भने टुंगो लागेको छैन् । निर्वाचन समितिका संयोजक एकराज गिरीका अनुसार अध्यक्षमा शर्माको मात्र नाम आएकोले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

बागलुङ नगरपालिकाका–६ स्थायी निवासी शर्मा बेल्जियममा बस्दै आउनुभएको छ । अन्य पदाधिकारी र सदस्यपनि सर्वसम्मत बनाउने प्रयास भैरहेको छ ।

समाजले पहिलो पटक गृहजिल्लामा अधिवेशन गरेको हो ।

अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेशन बागलुङमा सम्पन्न गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले शनिवार सम्मेलनको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

समुद्घाटन मन्तव्यमा उहाँले साधारण सभामा सहभागी विदेशबाट आउनुभएका प्रतिनिधिहरुलाई विदेशबाट फर्केर नेपालमै लगानी गर्न आग्रह गर्नुभयो । उक्त अवसरमा खड्काले वैदेशिक रोजगारी र अध्ययनकालागि गएका युवा नेपालमा फर्केर विकासमा सहभागी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशमा पलायन हुने प्रवृत्ति अन्त्य गर्न राजनीतिक दल, सामाजिक अगुवा र स्वयं गैरआवासीय नेपालीहरुको पनि भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।उहाँले पलायनको प्रवृत्ति रोक्न घरमै संघर्ष गर्नुपरेको बताउदै आफ्नै छोराबुहारी समेत उच्च शिक्षा पढ्न गएर उतै बसेको उल्लेख गर्नुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित केन्द्रीय अध्यक्ष महेशकुमार श्रेष्ठले नेपालको विकासमा सबै मिलेर सहयोग गर्ने बताउनभुयो ।

तथ्यांक संकलन गरेर आगामी दिनमा नेपालीको आर्थिक अबस्थामा सुधार आउने गरी काम थाल्न एनआरएन तयार रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले त्यसकालागि ््सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख किरण पौडेलले लगानीलाई एकीकृत गर्न एनआरएनका नेतृत्वले चासो राख्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले राज्यले पनि एनआरएनएलाई समेट्ने नीति बनाउनुपर्ने बताउनुभएको थियो ।

समाजका कावा अध्यक्ष दिपकदत्त गौतमको अध्यक्षता धएको कार्यक्रममा समाजकै स्पेन शाखाकी अध्यक्ष प्रगति शर्माले स्वागत गर्नुभएको थियो भने नेपाली कांग्रेस बागलुङका सभापति तथा गण्डकी प्रदेशसभाका सदस्य जितबहादुर शेरचन, एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी,माओवादीका जिल्ला सचिवालय सदस्य कुमारविक्रम क्षेत्री, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, समाजका सल्लाहकार सोम सापकोटा, गंगाप्रसाद शर्मा, चिन्तामणि सापकोटा, भर्चुअल माध्यमबाट अमेरिका निवासी गौरीश्वर शर्मा, पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक एकराज गिरी, संरक्षक रमेश भट्ट, संस्थापक होमनाथ शर्मा, एनआरएनए आइसीसीका प्रवत्तmा गंगाधर गौतम, बागलुङ समाज अक्षयकोषका अध्यक्ष सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, बागलुङ उद्योग बाणिजय संघका अध्यक्ष राजनकुमार शाक्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन उपाध्यक्ष अशोक शर्माले गर्नुभएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top